PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जीवनको एक कालखण्डमा कम्युनिस्ट हुने र अर्को कालखण्डमा अन्तै लागेर मर्ने धेरै छन् : प्रचण्ड



पहिलोपोस्ट

जीवनको एक कालखण्डमा कम्युनिस्ट हुने र अर्को कालखण्डमा अन्तै लागेर मर्ने धेरै छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रभावकारी कार्यान्वयन आजको प्रमुख कार्यभार रहेको भन्दै पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न नयाँ बन्ने सरकार लागिपर्ने बताएका छन्।
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण प्रक्रियादेखि असन्तुष्टि जनाउँदै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको मागलाई सम्बोधन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
 
'मानिसहरू जीवनको एक कालखण्डमा कम्युनिस्ट आन्दोलनमा लागेर अर्को कालखण्डमा अन्तै लागेर मर्दछन्,' कर्माचार्यको सम्झना गर्दै उनले भने, 'थोरै मानिस मात्र जीवनभर कम्युनिस्ट आन्दोलनमा निरन्तर लागेर मरेका छन्, यी मध्येकै उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो उहाँ।' क्रान्तिकारी धारहरूलाई ध्रुवीकरण गरी नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रेरणाको स्रोत रुपमा उनले कर्माचार्यको स्मरण गरे।
 
कोही कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने भन्दै प्रचण्डले मुलुकको समृद्धिका लागि सबैको सहमति आवश्यक रहेको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell