PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस नेता पौडेल भन्छन्- 'प्रधानमन्त्रीबाट हटे पनि संविधान कार्यान्वयनबाट पन्छिन मिल्दैन'



पहिलोपोस्ट

कांग्रेस नेता पौडेल भन्छन्- 'प्रधानमन्त्रीबाट हटे पनि संविधान कार्यान्वयनबाट पन्छिन मिल्दैन'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मानजनक बहिर्गमनका लागि आफूले राखेको चारबुँदे सहमतिको खाका दुवै पक्षले स्वीकार नगरेको भन्दै त्यसले भविष्यमा पछुताउनुपर्ने बताएका छन्।
 
'राष्ट्रिय सहमति सत्ताका लागि होइन राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि हुनु पर्छ,' उनले भने, 'मैले विगतदेखि भन्दै आएको हुँ। संविधान कार्यान्वय प्राथमिक हो सत्ता हैन।'

संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राख्दै नेता पौडेलले सत्ताबाट बाहिरिएपछि पनि संविधान कार्यान्वयनमा प्रधानमन्त्री ओलीको भूमिका उत्तिकै हुने बताए। 'ओलीजीले आफ्नो भूमिका सुनिश्चित गर्नुहुनेछ। आफ्नो स्वनाम कसरी सुरक्षित गर्नेमा उहाँले चिन्तन गर्नु नै होला,' उनले थपे, 'त्यसलाई बचाउन उहाँको भूमिका रहनेनै छ। यो मेरो विश्वास हो।'

संविधानका विषयमा अतिरञ्जित कुरा नगर्ने उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह समेत गरे। अतिशयोक्ति देशले पचाउन नसक्ने भन्दै नेता पौडेलले 'सिस्टम'ले नै भविष्यको बाटो सुनिश्चित गर्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell