PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अख्तियार घेर्न जाँदा पक्राउ परेका डा. केसी समर्थकले पनि हिरासतमै थाले अनसन



पहिलोपोस्ट

अख्तियार घेर्न जाँदा पक्राउ परेका डा. केसी समर्थकले पनि हिरासतमै थाले अनसन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय घेराउमा जाँदा पक्राउ परेका  डा. गोविन्द केसी समर्थक चिकित्सक र विद्यार्थीले हिरासत स्थलमै अनसन थालेका छन्।

 १५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको एउटा माग अख्तियार प्रमुख लोकमान सिं‌ह कार्कीलाई संसदले महाभियोग लगाउनु पर्ने रहेको छ। 
 
प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै स्पष्ट जवाफको माग गर्दै उनीहरुले रिले अनसन शुरु गरेको नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनका सचिव सचित शर्माले बताए।

डाक्टर शर्माका अनुसार पक्राउ परेका नौ जनाले दिउँसो ३ बजेदेखि नै पानी समेत नपिई अनसन बसेका छन्। पक्राउ परेकाहरुलाई राखिएको  नेपाल पुलिस क्लब अगाडि विद्यार्थीहरुले धर्ना दिएका छन‍्।  फोटो : विशद दाहाल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell