PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

अदालतको फैसलापछि फरार अभियुक्त दुई वर्षपछि पक्राउ



पहिलोपोस्ट

अदालतको फैसलापछि फरार अभियुक्त दुई वर्षपछि पक्राउ

काठमाडौं : २०७० कात्तिक १८ गते दिउँसो ४ बजे गोविन्द श्रेष्ठ काठमाडौंको कपनमा मिनी ट्रक चलाइरहेका थिए। त्यही क्रममा ११ वर्षीय सरिना कालिकोटेलाई ट्रकले ठक्कर दियो। गम्भीर घाइते भएकी सरिनाको उपचार क्रममै मृत्यु भयो।
 
प्रहरी नियन्त्रणपछि अनुसन्धानमा रहेका चालक २० वर्षीय श्रेष्ठको सवारी चालक अनुमतिपत्र लाइसेन्स नै नभएको पुष्टि भयो। मृतकका पिता टंक कालिकोटेले छोरी गुमाएपछि चालक श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गराए। मुद्दा दर्ता भएपछि २०७१ असार ३२ गते अदालतले कपन वडा नम्वर ८ पैयुटार बस्ने श्रेष्ठलाई २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना पनि सुनायो। तर अदालतको  फैसला आउनेबित्तिकै चालक श्रेष्ठ फरार भए।
 
फरार भएका श्रेष्ठलाई प्रहरीले खोजीकार्य तीव्र पार्‍यो। अन्तत: शुक्रबार कपनबाट उनी पक्राउ परे। फरार अभियुक्त उनी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell