
काठमाडौं : गायिका पूर्णकला बिसी र गायक गोपाल नेपालको स्वर रहेको तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ।
हिन्दु महिलाहरुको महान् चाड तीजलाई सेरोफेरोमा राखेर गीत निकाल्ने लहरसँगै यी दुई तीज गीत एक साताभित्र सार्वजनिक भएका हुन्। सार्वजनिक गीतहरुमा ‘हरिया चुरा’मा र ‘दिदीको पाउ ढोग’ रहेको छ।
दुवै गीतमा रश्मि तामाङ र नरेश जोगीले अभिनय गरेका छन्। ‘दिदीको पाउ ढोग’मा दिदीभाइ बनेर नाचेका रश्मि र नरेश ‘हरिया चुरा’मा प्रेम जोडीका रुपमा देखिएका छन्।
युवराज थापा र कल्पना कार्कीले लेखेको गीतमा युवराज थापाको संगीत रहेको छ। गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।
‘हरिया चुरा’को भिडियो