PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विप्लवका ७० कार्यकर्ता पक्राउ, गाडी निर्धक्क चलाउन प्रहरीको आग्रह



सविन ढकाल

विप्लवका ७० कार्यकर्ता पक्राउ, गाडी निर्धक्क चलाउन प्रहरीको आग्रह

काठमाडौं : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले राजधानीमा दुईवटा ट्याक्सीमा आगजनी गरेका छन्। आज बिहान नेपाल बन्द गराउँदै हिडेका बन्दकर्ताले नया बानेश्वरमा बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। त्यस्तै सामाखुसीमा पनि बा १२ ज २८६ नम्बरको ट्याक्सीमा आगजनी गरको हुन्।

उनीहरुले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले बताएको छ। बन्द गराउँदै हिडेका विप्लव माओवादीका ७० जना कार्यकर्तालाई पक्राउ गरको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बिक्रमसिंह थापाले बन्द गराउँदै हिडेका कार्यकर्तालाई चावहिल, गोङ्गवु, सामाखुसी, कलंकी लगायतका स्थानबाट पक्राउ गरेको पहिलोपोस्टलाई जानकारी गराए। यसरी पक्राउ पर्नेमा एरिया इन्चार्ज विकास थापा, विप्लव नेतृत्वको ट्रेड युनियन अध्यक्ष योगेन्द्र कुमाल समेत रहेका छन्। राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएकाले निर्धक्क भएर सवारी लिएर हिड्नसमेत एसएसपी थापाले आग्रह गरे।

उनले अवस्था सामान्य बन्दै गएको समेत बताए।   बन्दको असर भने राजधानीमा सामन्यरुपमा परेको छ। सार्वजनिक यातायाता कमै रुपमा चले पनि निजी सवारी भने गुडेको देखिन्छ। विद्यालय र निजी कार्यलयहरु भने आंशिकरुपमा मात्र संचालनमा छन्। राजधानीमा प्रहरीको परिचालन बढाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell