PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त



पहिलोपोस्ट

सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त

रजनीकान्त साच्चिकै भन्दा सुपरस्टारका सुपरस्टार हुन् र यसलाई उनको हालैको फिल्म काबलीले पुष्टि गरेको छ।

सलमान खानको फिल्म सुल्तानको रिलिजको दिनको कमाइसँग तुलना गर्ने हो भने रजनिकान्त सबैका बाउ बनेर निस्किए। कबालीले ओपनिङमा नै करिब ५३ करोड ग्रस आम्दानी गर्यो। यसअघि बलिउड स्टार सलमान खानको फिल्म सुल्तानले ३६.५ करोड कमाएको थियो।

रजनिकान्तको फिल्मलाई समीक्षकहरुले रुचाएका छैनन्। तर उनको फिल्मले भारत र भारतबाहिर फिल्मले गर्ने आम्दानीको रेकर्ड सबै तोड्यो। र रेकर्ड तोड्नेक्रम जारी छ।

सप्ताहन्तमा रजनिकान्तको फिल्मले २ सय करोड आम्दानी गरिसकेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell