PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

पूर्व मिस नेपाल मलिना अभिनित फिल्म तीन देशमा छायांकन



पहिलोपोस्ट

पूर्व मिस नेपाल मलिना अभिनित फिल्म तीन देशमा छायांकन

काठमाडौं : हलिउड स्तरको भन्दै प्रचार गरिएको फिल्म ‘द विनर’को गीत र टिजर पछिल्लो समय चर्चामा छ। रिलिजको तयारीमा रहेको फिल्मका नायक महेशमान श्रेष्ठले अस्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाको तस्बिर सार्बजनिक गरेका छन्। उनी यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन्।
 

हिक्मत बिष्टको निर्देशन रहेको फिल्मको डबिङ भइरहेको छ। तीन देशमा छायांकन गरिएको यो नै पहिलो नेपाली फिल्म भएको निर्माण पक्षको दाबी छ।

 
फिल्ममा महेशमान सहित पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीको अभिनय छ। यसमा केही विदेशी कलाकारको अभिनय पनि देख्न पाइनेछ। 

डायमण्ड स्टार फिल्मसको ब्यानरमा बनेको फिल्मका निर्मातामा सुबोध ठकुरी, विकास खरेल र रितेश राणा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell