PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

​१६ दिनपछि गोविन्द केसीको अनशन अन्त्य



सविन ढकाल

​१६ दिनपछि गोविन्द केसीको अनशन अन्त्य

काठमाडौं : १६ दिनपछि प्राध्यापक डाक्टर गोविन्द केसीले जुस पिउँदै अनशन अन्त्य गरेका छन्। आफैँले खुट्टाको उपचार गरेको सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली र गोर्खा लो गाविसका ३७ वर्षीय भिक्षु छेवाङ नोर्बु लामाले केसीलाई जुस खुवाएर अनशन अन्त्य गराएका हुन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनले अनशन अन्त्य गर्दा सरकारका प्रतिनिधिका रुपमा स्वास्थ्य सचिव उपस्थिति थिए।
 

​जुस पिएलगत्तै डाक्टर गोविन्द केसीले भने : लोकमानले भ्रष्टाचार गरिरेहका छन्


जुससँगै केकसमेत उनलाई खुवाइएको छ। १६ औं दिन उनको शरीरमा अन्न परेको हो।

हिजो राति केसी र सरकारबीच चार बुँदे सहमति भएको थियो। त्यसैका आधारमा आज अनशन अन्त्य गर्ने सहमति भएको हो।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका थिए।
आज दिउँसो २ बजे उनले अनशन अन्त्य गरेका हुन्।

उनले अनशन अन्त्य गर्दा परिवारका सदस्य, चिकित्सक, विरामी तथा शुभचिन्तकहरु उपस्थित थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell