PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​जुस पिएलगत्तै डाक्टर गोविन्द केसीले भने : लोकमानले भ्रष्टाचार गरिरेहका छन्



सविन ढकाल

​जुस पिएलगत्तै डाक्टर गोविन्द केसीले भने : लोकमानले भ्रष्टाचार गरिरेहका छन्

काठमाडौं : जुस पिउँदै १६ औं दिनमा अनशनको अन्त्य घोषणा गरेलगत्तै प्राध्यापक डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशनमा बसेका उनले संसदको क्षेत्राधिकार भएको भन्दै अनशन अन्त्य गर्दा कार्कीको एजेन्डालाई छाडेका थिए। तर जुस खाएलगत्तै उनले भने, ' जसले भ्रष्टाचार निर्मुल गर्ने भनिएको छ उसैले भ्रष्टाचार गरिरहेको छ।'

आफ्ना आसेपासे र माफियाका पक्षमा अख्तियार प्रमुख लागेको आरोप लगाउँदै उनले यसभन्दा ठूलो र सशक्त आन्दोलन हुनसक्ने बताए।
'अब म खाएर आन्दोलन गर्छु,' डाक्टर केसीले भने, 'तर नेताहरुले खाएर गरेजस्तो होइन।'

हिजो राति केसी र सरकारबीच चार बुँदे सहमति भएको थियो। त्यसैका आधारमा आज अनशन अन्त्य गर्ने सहमति भएको हो।
 
सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका थिए।
आज दिउँसो २ बजे उनले अनशन अन्त्य गरेका हुन्।
 
उनले अनशन अन्त्य गर्दा परिवारका सदस्य, चिकित्सक, विरामी तथा शुभचिन्तकहरु उपस्थित थिए।

आफैँले खुट्टाको उपचार गरेको सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली र गोर्खा लो गाविसका ३७ वर्षीय भिक्षु छेवाङ नोर्बु लामाले केसीलाई जुस खुवाएर अनशन अन्त्य गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell