PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फोटोमा हेर्नुस्, लोकमानविरुद्ध अख्तियारअगाडि प्रदर्शन

फोटोमा हेर्नुस्, लोकमानविरुद्ध अख्तियारअगाडि प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : डाक्टर गोविन्द केसीका समर्थक चिकित्सक र विवेकशील नेपाली पार्टीले सोमबार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अगाडि विरोध प्रदर्शन गरेका छन्। साढे ११ बजे देखि साढे १२ बजेसम्म उनीहरुले अख्तियार अगाडि टंगालमा धर्ना दिएका हुन्। आइतबार प्रहरीले धर्ना दिन पुगेकाहरु माथि धरपकड गरेको थियो।

प्रदर्शनकारीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउन माग गरेका थिए।  

'लोकमानले नै भ्रष्टाचारलाई बढावा दिएका छन्,' विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल थापाले भने, 'डाक्टर केसी जस्तो मान्छेलाइ पागल भन्ने मान्छे पागल कि डाक्टर गोविन्द केसी, जो निस्वार्थ रुपमा काम गर्थे ती पागल?'

उनले मेडिकल शिक्षाबारे छलफलमा बोलाउने सुशासन समितिमा कार्कीलाई पृष्ठपोषण गर्ने काम भए संसदको पूर्ण बैठकमा अजेण्डा उठाउने गरी विषय चर्काउने बताए। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-


ट्रेन्डिङ पोस्ट

Ncell