PahiloPost

Oct 28, 2025 | १२ कात्तिक २०८२

​रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु



पहिलोपोस्ट

​रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन्।
 
बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिँदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको  थियो।
 
घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेका प्रहरीले बताएको छ।
       
दुर्घटनाको अनुसन्धानकका लागि छानबिन समिति बनाइएकोले दुर्घटनामा भ्यान चालकको गल्ती भएको वा रेल कर्मचारीको गल्ती भएको भन्ने बारे छिट्टै टुङ्गो लाग्ने भारतीय रेलमार्ग अधिकारीले बताएका छन्।
 
घटनापछि उक्त क्षेत्रमा केही समय रेलसेवा अवरुद्ध गरिए पनि अहिले सञ्चालनमा आइसकेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell