PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

​मेरा दाइलाई फेरि अनशन बस्न नपरोस् : सुरेश केसी



सविन ढकाल

​मेरा दाइलाई फेरि अनशन बस्न नपरोस् : सुरेश केसी

काठमाडौं : १६ औं दिनमा सोमबार दिउँसो २ बजे डाक्टर गोविन्द केसीले आफ्नो आमरण अनशनको अन्त्य गर्दै थिए। साउनको महिना भएकाले आकाश धमिलो थियो र धुम्म। तर गोविन्द केसीका शुभचिन्तक, विद्यार्थी, आफन्त लगायतका हितैसीका भने मुहार उज्यालो थियो।

१६ औं दिनसम्म केही नखाई सबै जनताको लागि अनशन बसेका केसी खुसी नहुने त कुरै भएन। त्यही खुसीले चम्किएको अनुहारको भिडमा एउटा उज्यालो अनुहार देखियो।

उनी थिए सुरेश केसी। अनशन बसिरहेका गोविन्द केसीका भाइ। आफ्ना परिवारका सदस्य १६ दिनदेखि अन्न नखाई बस्दा कुन परिवारका सदस्यको मन विछिप्त नहोला र ?

अनशन तोड्ने दिन डाक्टर केसीलाई जुसको व्यवस्था उनैले नै मिलाइरहेका थिए। जुस खुवाउन केसीको अनसनस्थलमा भिड लागेको थियो। तर उनी न जुस खुवाउन गए न हेर्न नै। भिड बाहिर एक्कै रहिरहे। तर उनमा खुसी छल्किरहेको थियो।

सुरेशले हामीसँग कुरा गर्दै भने, 'अव गोविन्द मेरो मात्र परिवार होइन। उहाँ त सबै नेपालीको परिवार भइसक्नु भयो। रगतले जोडिएको नाताको भाइ मात्र हुँ म।'

सुरेश पेशाले न्याय क्षेत्रसँग जोडिएका छन्। आफ्ना दाइले उठाएको मागमा आफ्नो शत् प्रतिशत समर्थन रहेको उनले सुनाए। भन्दै थिए 'अब फेरि दाइले यिनै मागको लागि अनशन बस्न नपरोस्। दाइको आन्दोलन व्यक्ति विशेषसँग नभएर मेडिकल चिकित्सक क्षेत्रमा देखिएका विथितिका विरुद्ध मात्र हो।'

केही समय डाक्टर केसीलाई अनशन स्थलबाट हस्पिटलको अर्को कोठामा सरियो। भाइ सुरेश पनि उनलाई बधाई दिनुपर्‍यो भन्दै उतै लागे।
 

छेवाङ लामा– जसले पिलाए जुस

गार्खा जिल्लाको विकट लो गाविसमा बस्दै आएका ३७ वर्षीय छेवाङ लामा डाक्टर केसीलाई जुस खुवाउने तीन जनामध्ये एक हुन्। डाक्टर केसी र लामाको सम्बन्ध वैशाख १२ गते पछिको भुकम्पले जोडिदिएको हो। भूकम्पमा आफ्ना छिमेकी घाइते भएपछि उपचारको क्रममा हेलिकप्टरमा काठमाडौं ल्याएपछि उनि डाक्टर केसीसँग निकट भए।

केसीलाई जुस खुवाउन पाएकोमा उनी निकै खुसी थिए। 'डाक्टर केसी साहै सहयोगी हुनुहुन्छ। उहाँले हामीलाई बचाउनु भएको छ।' लामा बस्ने लो गाविस पुग्न गोर्खा सदरमुकाम बाट १० दिन भन्दा बढी लाग्छ। लो गाविसका मानिस विरामी भए हेलिकप्टरबाट राजधानी नै ल्याउनुपर्ने हुन्छ। राजधानीसम्म हेलिकप्टरमा ल्याउन २ लाख सम्म खर्च हुन्छ। त्यही विकट क्षेत्रको लागि केसीको आन्दोलन थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994f2bcbc1272.80486863): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994f2bcbc1272.80486863,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994f2bcbc7d33.48511463): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994f2bcbc7d33.48511463,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994f2bcc07967.08691869): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994f2bcc07967.08691869,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293