PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

अस्ट्रेलियाद्वारा ओलम्पिक भिलेजमा आफ्ना खेलाडी राख्न अस्विकार



पहिलोपोस्ट

अस्ट्रेलियाद्वारा ओलम्पिक भिलेजमा आफ्ना खेलाडी राख्न अस्विकार

ब्राजिलमा अगस्ट ५ देखि २१ सम्म ३१ औं समर ओलम्पिक आयोजना हुँदैछ। तर ओलम्पिक सुरु हुनु करिब दुई साताभन्दा कम अवधि रहेको बेला अस्ट्रेलियाले ओलम्पिक भिलेजमा आफ्ना खेलाडीहरुलाई राख्न अस्विकार गरेको छ।
 
अस्ट्रेलियन टीमका प्रमुख किटी चिलरले स्टेटमेन्ट जारी गर्दै बस्ने ठाउँको व्यवस्था राम्रो नभएको र जताततै समस्या मात्रै रहेको भन्दै आफ्ना खेलाडीहरुलाई ओलम्पिक भिलेजमा नपठाउने बताएकी हुन्।
 
'ग्यास, एलेक्ट्रिसिटी, प्लम्बिङ जस्ता विभिन्न समस्या रहेकाले हामीलाई छुट्याएको बी २३ बिल्डिङमा मैले मेरा कुनै पनि खेलाडीलाई नपठाउने निर्णय गरेको छु,' चिलरद्वारा जारी स्टेटमेन्टमा उल्लेख छ।
 
'भित्ताबाट पानी झरिरहेको छ, केही अपार्टमेन्ट एकदमै धेरै ग्यासको गन्ध आइरहेको छ भने इलेक्ट्रिसिटी वायरिङमा समस्या छ,' उनले भनेकी छिन्। भिलेज बस्न सुरक्षित नभएको र बस्न लायक नभएकाले आफूहरु नजिकै बसिरहेको उनले बताइन्।
 
तर, ओलम्पिक आयोजक सहर रियोका मेयर एड्अर्डो पेसले चिदरको भनाइको खण्डन गरेका छन्।
 
उनले रियो दि जेनेरियोको ओलम्पिक भिलेज सन् २००० को सिड्नी ओलम्पिकको भिलेजको भन्दा राम्रो रहेको बताएका छन्।
 
ओलम्पिकका लागि ३१ वटा नयाँ आवासीय टावर निर्माण गरिएको छ। हरेक टावरमा १७ तला छ। जसमा ओलम्पिककका सबै सदस्य राष्ट्रबाट करिब ११ हजार खेलाडी र ६ हजार प्रशिक्षक बस्ने अनुमान गरिएको छ।
 
'सिटी विद इन दि सिटी'को रुप दिइएको उक्त कमप्लेक्समा क्याफ्टेरिया, जिम, पोस्ट अफिस र फस्ट एइड सेन्टर तथा बैँक समेत रहेको बताइएको छ। यस्तै ३६ सय ओलम्पिक भिलेज अपार्टमेन्ट रहेको उक्त भिलेजलाई ओलम्पिक इतिहासकै सबैभन्दा ठूलो भिलेजको रुपमा चर्चा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell