PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

३ शीर्ष नेताको राष्ट्रपतिसँग सवा २ घन्टा छलफल, मिडियासँग नबोली चढे गाडी



पहिलोपोस्ट

३ शीर्ष नेताको राष्ट्रपतिसँग सवा २ घन्टा छलफल, मिडियासँग नबोली चढे गाडी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग नयाँ सरकार गठनका विषयमा छलफल गरेकी छिन्।
राष्ट्रपतिले छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डाकेकी थिइन्।

आजैमात्र राष्ट्रपति भण्डारीले संविधानको वाधा अड्काउ फुकाउन आदेश दिएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले नयाँ सरकार गठनका लागि संविधानलाई बाधक नबनाउन वाधा अड‍्काउ फुकाउन सिफारिस गरेका थिए। आदेशपछि उनको दलका नेताहरुसँग भेट्ने तयारी थियो।

तीन प्रमुख दलका शीर्ष नेता र राष्ट्रपति भण्डारीबीच २ घन्टा १५ मिनट लामो छलफल भयो।सरकार गठन र संविधान कार्यान्वयनका विषयमा छलफल केन्द्रित रहे पनि छलफल कुन रुपमा अघि बढ्ने खुल्‍न सकेको छैन। सवा दुई घन्टा छलफल गरेर बाहिरिएका नेताहरु मिडियाबाट टाढै रहे।

राष्ट्रपति भवनबाट बाहिरिएलगत्तै गाडीमा प्रचण्ड प्रतिक्रिया नदिँदै हिँडे भने देउवाले हातमात्रै हल्लाए। दुई नेता बाहिरिएको केही समयपछिमात्रै प्रधानमन्त्री केपी ओली बाहिरिए। उनले पनि छलफलबारे कुनै प्रतिक्रिया दिएनन्। 
 

भेटमा भयो के ?

प्रतिक्रिया नदिइ निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएअनुसार राष्ट्रपति भण्डारीले भेटका क्रममा पार्टीहरू बीच सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जानको आग्रह गरिन्। त्यस्तै सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउनेसमेत उनले बताइन्।

भेटका क्रममा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जाने र राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा दृढ रहेको बताएका थिए। त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग रहने बताएको प्रचण्ड सचिवालयले जनाएको छ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell