PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

महिला राष्ट्रिय क्रिकेट : उपाधिका लागि पूर्वाञ्चल र एपिएफ भिड्ने



पहिलोपोस्ट

महिला राष्ट्रिय क्रिकेट : उपाधिका लागि पूर्वाञ्चल र एपिएफ भिड्ने

काठमाडौं : महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब सशस्त्रको एपिएफ र पूर्वाञ्चल विकास क्षेत्र भिड्ने भएका छन्।
 
समूह बी अन्तर्गत सोमबार पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबीचको खेल पानी परेकाले अवरुद्ध भएको थियो। तर रन रेटमा अगाडि रहँदै पूर्वाञ्चल फाइनलका लागि योग्य ठहरियो। एपिएफ समूह ए को विजेता बन्दै फाइनल पुगिसकेको छ।
 
खेलको नतिजा नआएपछि दुवै टोलीलाई एक/एक अंक बाँडिएको थियो। तर समूह बीमा एक जितसहित पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलको समान ३ अंक भए पनि राम्रो रन रेट भएका कारण पूर्वाञ्चल समूह विजेता बनेको हो। दुई खेलबाट पूर्वाञ्चलको रनरेट २ दशमलव ९७५ छ भने सुदूर पश्चिमाञ्चलको शून्य दशमलव ३९७ समात्र छ।
 


खेलमा पूर्वाञ्चलले टस जितेर फिल्डिङ रोजेपछि सुदूर पश्चिमाञ्चलले पहिले ब्याटिङ गरेको थियो। सुदुर पश्चिमाञ्चलले ७ दशमलव २ ओभरमा ६ विकेट गुमाएर मात्र ७ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल रद्द गरियो।
 
यसअघि पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलले आफ्नो पहिलो खेलमा पश्चिमाञ्चललाई हराएको थियो।
 
सोमबारै भएको समूह ए को खेलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चलविरुद्ध सान्त्वना जित हासिल गरेको छ। १० ओभरमा छोट्याइएको खेलमा मध्यपश्चिमाञ्चल ५ विकेटले विजयी भएको हो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
 
पूर्वाञ्चल र एपिएफबीचको फाइनल खेल मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
 
आगामी अगस्टमा हङकङमा हुने आइसिसी विश्वकप अन्तर्गत एसियाली छनोट प्रतियोगिताको लागि टीम छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितापछि २४ खेलाडी छनोट गरेर क्लोज क्याम्पमा राख्ने राखेपले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell