PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

३ दलका नेतासँगको भेटपछि ७ दिनमा सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान



पहिलोपोस्ट

३ दलका नेतासँगको भेटपछि ७ दिनमा सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं : सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन्।

आजै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनमा देखिएको संवैधानिक जटिलता फुकाउन बाधा अड्काउ फुकाउने आदेश दिएकी थिइन्।

'नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

आजै प्रमुख राजनीतिक दलका नेताहरुसँग राष्ट्रपतिले छलफल गरेकी थिइन्। 

सम्बन्धित समाचार

३ शीर्ष नेताको राष्ट्रपतिसँग सवा २ घन्टा छलफल, मिडियासँग नबोली चढे गाडी

 

डेढ साताभित्र मुलुकमा नयाँ प्रधानमन्त्री

 

नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिद्वादारा बाधा अड्काउ फुकाउने आदेश


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell