काठमाडौं : अविरल पानीका कारण आएको बाढीमा परी देशभर ४ जनाको मृत्यु भएको छ। १ हजार ४ सयभन्दा बढी घर डुवानमा परेको गृह मन्त्रालयले जनाएको छ।
लगातारको वर्षाले पश्चिम र मध्य पश्चिम विकास क्षेत्र बढी डुवानमा परेका छन्। लगातार परेका पानीका कारणले नदी तथा खोलामा आएको बाढीका कारण ४ जनाको मृत्यु भएको हो भने २ जना बेपत्ता छन्।
डुवानका कारण सुनसरीमा ३ सय १६ घर, झापामा करिब २ सय, सप्तरीमा ४ सय, मोरङमा ५ सय घर डुवानमा परेको गृहमन्त्रालयले जनाएको छ।