
काठमाडौं : सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यसपटको लिइएको परीक्षाबाट कुल ३ हजार ५ सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले पहिलोपोस्टलाई बताए।
आज प्रकाशित नतिजामा २१ सय ४० जना कृषि र १३ सय ७७ जना उद्योग क्षेत्रका लागि उत्तीर्ण भएका हुन्।
असार ४ र ५ गते भएको परीक्षामा कुल ५७ हजार १ सय २० सामेल भएका थिए। परीक्षाको लागि आवदेन भने ६० हजार ६ सय जनाको परेको थियो।
बाँस्तोलाका अनुसार परीक्षाको नतिजा यहाँ हेर्न सकिनेछ- www.epsnepal.gov.np