PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​लोकमानको अनुपस्थितिमा कुन सांसदले के भने?



पहिलोपोस्ट

​लोकमानको अनुपस्थितिमा कुन सांसदले के भने?

काठमाडौँ : 'अचानक घाटीमा संक्रमण भइ बोल्नमा समस्या' भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की संसदको सुशासन समितिमा मंगलबार आएनन्। उनले पत्र पठाएर स्वास्थ्य अवस्था कारक रहेको बताए। कार्की नआएपछि सांसदहरुले खल्लो महसुस गरेको उल्लेख गरे। साथै कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। काठमाडौँ विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तर्गत स्नातकोत्तर तहको परीक्षामा हस्तक्षेपको आरोप अख्तियार माथि छ। कुन सांसदले के भने त कार्कीको अनुपस्थितिमा?
 
अर्जुननरसिंह केसी – प्रमुख आयुक्त उपस्थित नभएकोमा म टिप्पणी गर्न चाहान्न तर उपस्थिति अनिवार्य थियो। हामीले प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितिमा काठमाडौँ विश्वविद्यालयमा लिखित नदिएको र अख्तियार जानुपर्नाको नेसिसिटी र पेरिफेरि के हो प्रवेश गर्दाको छलफल गर्नुपर्छ।

 
जनकराज जोशी – बलियो संस्थालाई सानो सानो कुरामा कमजोर बनाउने नियोजित खेल भइरहेको छ। अख्तियारले तरङ्ग पैदा गर्न खोज्दा अंकुश (संसदमा महाअभियोगबारे दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव) लगाउने काम भयो।
 
अमनलाल मोदी – प्रमुख आयुक्त आउनु भएन पहिला उहाँको शिघ्र स्वास्थ्य लाभको कामना। आगामी बैठकमा पक्कै आउनुहुन्छ। अख्तियारलाई नबोलाए हामी माथि प्रश्न उठ्छ। अख्तियारलाइ बोलाएको सुझाव सल्लाह र अख्तियारलाइ सहयोगकै लागि हो। प्रमुख आयुक्त हुनु भएको भए थप धेरै चर्चा परिचर्चा गर्ने विषय थियो।
 
हर्कबोल राई – प्रमुख आयुक्तजी आउनसक्नु भएन प्रत्यक्ष सवाल जवाफ गर्नेगरी चाडै भेट हुन्छ होला। म सभापति ज्यूलाइ चाँडो भन्दा चाँडो अर्को बैठक डाक्न अनुरोध गर्छु। साथै प्रमुख आयुक्तको स्वास्थ्यलाभको कामना पनि गर्छु।
 
सांसदहरुको तर्क पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीले जवाफ दिए। उनले प्रमुख आयुक्तले एक साता बैठक सार्न सके आफैँ आउने मनसाय समेत प्रकट गरेको उल्लेख गरे।
 
शान्तराज सुवेदी - प्रमुख आयुक्तज्यूले पत्रमा सभापति ज्यूलाई स्पष्ट गर्नु भएको छ। शारीरिक कारणले अप्ठेरो भएको हो। एक हप्ता सार्दिन पाए मै आउथेँ अथवा जुनसकै बेला बोलाएको बखत म समितिमा उपस्थित हुन्छु मेरो टिम सहित हामी छलफल गर्न तयार छौँ भन्ने नै छ। आज बैठक तय भइसकेको र आयोगका जिम्मेवार पदाधिकारी भएरै छलफल गर्न हुन्छ भन्ने सन्दर्भमा हामी छलफलमा भाग लिएका छौँ। अख्तियारले समितिलाई माइनस गर्न खोजेको होइन सम्मान गर्छ। आयोगमा समितिमा आउने उपस्थित हुन छलफल गर्न तयार छ।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell