
जर्मन फुटबल संघ डिएफएका पूर्व अध्यक्ष ओल्फग्याङ नाएसरब्याचलाई फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स कमिटीले एक वर्षको लागि सबैखाले फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ।
२००६ मा जर्मनीलाई विश्वकप आयोजनाको अधिकार दिलाउने क्रममा नियमविपरीत काम गरेको पत्ता लागेपछि इथिक्स कमिटीले ६५ वर्षे नाएसरब्याचलाई प्रतिबन्ध लगाएको हो। अनुसन्धाताहरुले उनलाई २ वर्षे प्रतिबन्धको माग गरेका थिए।
सन् २००० मा भएको भोटिङमा जर्मनीले दक्षिण अफ्रिकालाई १२-११ मतले पछि पार्दै विश्वकप आयोजना गर्ने अवसर पाएको थियो।
नाएरसब्याच सन् २००६ को विश्वकप लोकल अर्गनाइजिङ कमिटीको उपाध्यक्ष समेत रहेका थिए। सन् २०१२ देखि २०१५ सम्म जर्मन फुटबल संघको अध्यक्ष रहेका नाएरसब्याचले गत नोभेम्बरमा आफ्नो पदबाट राजीनामा दिएका थिए।
उनले राजनीतिक जिम्मेवारी भन्दै पद छाडेका थिए। जर्मनीलाई विश्वकप आयोजनाको अधिकार दिलाउन फिफालाई ४ दशमलव ९ मिलियन पाउण्ड दिएको उनलाई अरोप लागेको थियो।
उक्त घटनापछि जर्मनीले उनीविरुद्ध कर छलीको अनुसन्धान सुरु गरेको थियो तर फिफा कार्यकारी समितिको सदस्य समेत रहेका नाइरसब्याचले आफूले जहिले पनि चोखो रुपमा काम गरेको दाबी गर्दै आएका थिए।