PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक



पहिलोपोस्ट

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक

काठमाडौं : पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच वटा पुस्तकहरुको सूची सार्वजनिक गरिएको छ। 

खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आइरहेको पद्मश्रीका लागि २०७२ मा प्रकाशित पुस्तकहरुको सूची निकालिएको हो। यीमध्ये सर्वोत्कृष्ट एउटा पुस्तकले मात्र पुरस्कार पाउनेछन्।
 
प्रतिष्ठानको गतवर्षको निर्णयबमोजिम नै पहिलो चरणमा उत्कृष्ट ठहरिएका पाँच पुस्तको सर्ट लिस्ट सार्वजनिक गरिएको हो। मनोनयनमा परेका पुस्तकहरुमा ऐना (कथा) रामलाल जोशी, चीरहरण (उपन्यास) नीलम कार्की निहारिका, मिस्टिका (उपन्यास) कुमार नगरकोटी, वीरगन्ज (गैरआख्यान) गिरीश गिरी र सुप्लाको हवाइजहाज (कविता) भूपिन रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell