PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

स्थानीय निकायको संख्या घटाउने कुरा व्यावहारिक छैन : कांग्रेस



पहिलोपोस्ट

स्थानीय निकायको संख्या घटाउने कुरा व्यावहारिक छैन : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले हाल स्थानीय निकायहरुको संख्या घटाएर ५६५ मा झार्ने कुरा व्यावहारिक नभएको जनाएको छ।
 
संसदीय दलमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले स्थानीय निकाय पुनसंरचना आयोगले गर्दै आएको स्थानीय निकायको संख्या घटाउने कुरा अलि व्यावहारिक नभएको निषकर्ष निकालेको हो।
 
जनतालाई आवश्यक सेवा पुर्‍याउन नसक्ने भएकाले संख्या केही बढाउन र व्यावहारिक बनाउने विषयमा अरु दलसँग समेत छलफल गरी अघि बढ्ने पनि बैठकले निर्णय गरेको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा,  वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाँड लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell