PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन, कार्यान्वयनका लागि ७ दिनको समय



पहिलोपोस्ट

बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन, कार्यान्वयनका लागि ७ दिनको समय

काठमाडौं : व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संविधानको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन गरेको छ।
 
प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राखेको प्रस्ताव संसद्को बहुमतबाट पारित भएको हो।
 
 
संसदमा कांग्रेस र माओवादीसहित अधिकांश सांसद्ले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको र गलत रुपमा प्रयोग भएको भन्दै विरोध गरे पनि अन्त्यमा उनीहरुकै समर्थनमा अनुमोदन भएको हो।
 
आदेश अनुमोदन भएसँगै सभामुख ओनसरी घर्तीले आगामी १७ गते दिउँसो ३ बजेका लागि संसद बैठक डाकेकी छन्। राष्ट्रपतिबाट ७ दिनभित्र सहभमतिका आधारमा प्रधानमन्त्री चयनका लागि गरिएको आह्वानका कारण त्यही अवधिमा उनले संसद्को बैठक बोलाएकी हुन्।
 
१७ गतेको संसद बैठकसम्म सहमतिका आधारमा प्रधानमन्त्रीको चयन नभएमा संसद्ले नै बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि तालिका प्रकाशन गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell