PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

फेम शृंखलामा जम्दैछन् गायक नरेन लिम्बु



पहिलोपोस्ट

फेम शृंखलामा जम्दैछन् गायक नरेन लिम्बु

काठमाडौं : एकल गायन प्रस्तुति गर्दै आएको फेम नेपालले जुलाई महिनाको शृंखलामा गायक नरेन लिम्बुलाई प्रस्तुत गर्नेछ। नरेनले दरबारमार्गस्थित भिक्ट्री लन्जमा आउँदो शनिबार आफ्ना गीत प्रस्तुत गर्ने भएका हुन्।
 
‘आस्था’ व्यान्डको एल्बमसँगै संगीत क्षेत्रमा आएका नरेन छोटो समयमै लोकप्रिय बने।
 
फेम नेपालले नरेनलाई ‘लाइभ म्युजिकल एरा २०१६’को छैटौं शृंखलामा प्रस्तुत गर्न लागेको हो। बेलुकी ९ बजेबाट सुरु हुने कार्यक्रममा नरेनले ‘मलाई भन्न आउँदैन’, ‘प्रायश्चित’, ‘एक मौका,  ‘जिन्दगी मेरो’, ‘जुनी’, ‘बन्धन’, ‘अर्थ’ लगायतका दर्जनभन्दा बढी गीत सुनाउनेछन्।
 
कार्यक्रममा सदाझैं नरेनको गायनपछि डिजेहरुको प्रस्तुति रहने आयोजक साइमान राईले बताए। फेम नेपालले हरेक अंग्रेजी महिनाको अन्तिम शनिबार गायक गायिकालाई एकल गायनमा प्रस्तुत गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell