
रिलिजअघि नै रजनिकान्तको फिल्म कवाली चर्चाको शिखरमा थियो जसले यसलाई तल आउन दिने अवस्था नै थिएन। अहिले फिल्मले थिएटरमा तहल्का मच्चाएको छ र हेर्दा हेर्दै रेकर्डहरु तोडिरहेको छ। रजनिकान्तलाई अपेक्षा गर्न नसकिने अपेक्षाहरु बनाइदिन्छन् भन्ने यसपाला फेरि पुष्टि भएको छ। थोरै दिनमै रजनिकान्तले बनाएका रेकर्डहरु :
१. २०१६ को सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन गर्नेमा सलमान खानको सुल्तान थियो। कवाली रिलिजअघि हल सुल्तानले नै कब्जा गरेको थियो। कवालीले ओपनिङमा ५३ करोड कलेक्सन गर्यो। यो अहिलेसम्म भारतमा रिलिज भएको फिल्मको पहिलो दिनको सबैभन्दा धेरै कमाई हो।
२. तामिल भर्सनले पनि ओभरसिज रेकर्डहरु सबै तोड्यो। धुम ३ ले बनाएको ओभरसिज रेकर्डलाई यसले सजिलै जितेको छ। ओभरसिज रेकर्डमा शाहरुख खान, सलमान खान र आमिर खानको वर्चश्व रहँदै आएको छ।
३. सलमान खानको सुल्तानको पहिलो दिन कमाएको ४४ करोडलाई रजनिकान्तको फिल्मले सहजै जित्यो। तर अझै पनि सलमानको प्रेम रतन धन पायोले बनाएको रेकर्ड कायमै छ। एकै दिन ५५ करोड कलेक्सन गरेको यो सलमानको रेकर्ड कसैले जित्न सकेको छैन।
४. स्क्रिनमा जाँदा कवालीले सबैभन्दा धेरै एक्सपोजर पाउन सक्यो। यसले बाहुबलीले राखेको सबैभन्दा धेरै स्क्रिनको रेकर्ड तोड्यो। फिल्म रिलिजका लागि भारतमा मात्रै ४ हजार स्क्रिन बुक भएको थियो।
५. कवालीले अप्रत्यासित रुपमा दक्षिण भारतका सबै रेकर्डहरुलाई पछि पारेको छ। तामिल नाडूमा ४८ करोड, निजाम/आन्द्रमा २० करोड २५ लाख, मस्योरी/कर्नाटकमा १६ करोड ५० लाख, केरलामा ८ करोड ५० लाख र बाँकी भारतमा १६ करोड रुपैयाँ कलेक्सन गर्यो। क्षेत्रीय रुपमा भएको यो कलेक्सन आफैँमा रेकर्ड हो।
६. चेन्नईमा रहेका थिएटरमध्ये ९५ प्रतिशत स्क्रिनमा एडभान्स बुकिङ भयो जुन अहिलेसम्कै ठूलो रेकर्ड हो। बुकिङ खुलेको २० मिनेटमा ६ हजार टिकेट बिक्री हुनुले पनि रजनिकान्तको लोकप्रियता कति रहेछ भन्ने देखाउँछ।
७. कवाली तामिल, तेलजु, हिन्दी र मलायलम भाषामा रिलिज भयो। मलेसियामा यसरी रिलिज भएको पहिलो पटक हो। यी बाहेक चिनियाँ, जापानिज, थाइ र इन्डोनेसियन भर्सनमा पनि कवाली रिलिज हुँदैछ।