PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

​स्याफ्रूबेँसीमा पहिरो, कारोबार ठप्प



पहिलोपोस्ट

धुन्चे : पहिरोका कारण आज बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ।
     
निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्‍याएको छ। सामान लिन केरुङतर्फ जाँदै गरेका ५० भन्दा बढी कन्टेनर बीच सडकमा अलपत्र परेको बताइएको छ।
 
वर्षाका कारण स्याफ्रूबेँसीदेखि रसुवागढीसम्म विभिन्न भागमा स–साना पहिरो जाने क्रम बढेको र पहिराकै कारण मेदानखुदुङमा बिजुलीको तार चुडिएर टिमुरे रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।
 
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार ठाडो भिरको पहिरो  बढी जोखिमपूर्ण भएकाले सावधानीपूर्वक सडकको अवरोध हटाउन  सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell