PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

तीन साथीको यात्रा कथा 'सफर'को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

तीन साथीको यात्रा कथा 'सफर'को ट्रेलर सार्वजनिक

काठमाडौं : आठ घण्टा बत्ती गएर आउनु पनि रमाइलो थ्यो नि। पानी आउने दिन घरभरिको भाडा राखेर पानी भर्नुमा पनि त मज्जा थ्यो नि। कुरा सुखसुविधाको मात्र होइन कुरा हो मनको शान्ति को हो।
 
यस्तै सोच राख्छ, अमेरिकामा आफ्नो पढाइ सकाएको युवा।
 
नेपालमा रहेका बेथितिहरुमा माथि भनिएजत्तै किसिमको रमाइलो महसुस गर्छ ऊ। उसले अमेरिका बसेर पढाइ सक्काउनासाथ नेपाल फर्कने सोच बनाउँछ। तर ऊसँगै पढेका साथीहरु उसलाई अमेरिका नै बस्न दबाब दिन्छन्। केटाको अठोट हुन्छ नेपाल फर्केर समाजसेवा गर्ने।

यस्तै कथा बोल्छ- सोमबार सार्वजनिक नेपाली फिल्म 'सफर'को ट्रेलरले। युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा घुमेको छ  सफर।

तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको फिल्म युभा फिल्मसको ब्यानरमा निर्माण भएको हो। यसको सम्पूर्ण छायांकन अमेरिकामा भएको छ।

फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ। आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको सफरमा केशव खड्काको कथा छ।

असोज १४ बाट देशैभरि प्रदर्शनमा आउने फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ। गीत भने उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङले लेखेका हुन्।

हेर्नुस् ट्रेलर
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell