PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

युरोप यात्रामा नेपथ्य



पहिलोपोस्ट

युरोप यात्रामा नेपथ्य

काठमाडौं : युरोपको दुई गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोक रक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ।

ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुई कन्सर्टका निम्ति ब्याण्ड बुधबार हिँड्दैछ। टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ। त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिति जनाउनेछ। अगस्त २ तारिखका दिन त्यहाँ कन्सर्ट तय गरिएको छ।

युरोपका दुई राष्ट्र जर्मनी र डेनमार्कमा हुनलागेको यी दुवै नेपथ्यका पहिलो कन्सर्ट हुनेछन्।

‘नेपाली डायस्पोराको अझ फराकिलो घेरा समात्दै नेपथ्यको निम्ति विल्कुल नयाँ मुलुकमा प्रस्तुत हुनलागेकोमा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकसँग हामी रमाइलो मात्र होइन आफ्नो देश र समाजका चर्चा पनि गर्नेछौं।’

नेपथ्यको लोकप्रिय सूची मध्येबाटै दुई घन्टाको प्रस्तुतीका लागि दर्शक स्वादलाई मध्यनजर गरेर उत्कृष्ठ गीतहरु छनौट गरिनेछन्। उहिलेदेखि श्रोताहरुको जिब्रोमा झुण्डिन सफल छेक्यो छेक्यो, जोमसोमे बजार, रेशम, तालको पानीहुँदै भर्खरै युट्युबमार्फत् रिलिज भएको नयाँ गीत ‘कोशीको पानी यो जिन्दगानी’... सम्म कार्यक्रममा गाइनेछन्।

'युरोपको यो संक्षिप्त भ्रमणमार्फत् हामीले थोरथोरै नेपाली बसोबास रहेका स्थानहरुमा पनि नेपथ्यको पहुँच बढाउन सुरुगरेका छौं,’ नेपथ्यलाई प्रस्तुत गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्याण्डसँगको १५ वर्षे सहकार्यमा हामीले यसलाई मुलुक भित्रैका पचास साना ठूला वस्तीसम्म पुर्या‍उन सफल भइसकेका छौं।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell