PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

आजबाट वर्षा केही कम



पहिलोपोस्ट

काठमाडौं : केही दिनदेखि देशका पूर्वी र मध्य क्षेत्रमा परेको लगातारको वर्षाले देशभरका १७ सयभन्दा बढी घरहरु डुवानमा पुरेका छन्। पहिरो र बाढीका कारण २० जनाभन्दा बढीका मृत्यु भएको छ।

वर्षाले कर्णाली, भेरी, बबई, रतुवा, बक्रा लगायत नदीमा पानीको बहाव बढेसँगै वरपरका बासिन्दाहरु त्रासित बनेका छन्। गएराति मात्र पोखरामा २ सय २३ मिलिमिटर, सुर्खेतमा २०३ मिलिमिटर, सिमरामा ८७ मिलिमिटर, काठमाडौंमा ८७ मिलिमिटर, विराटनगरमा ५३ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौशम पूर्वानुमान महाशाखाले लगातरको वर्षाका कारण झापा, मोरङ, सुनसरी, सुर्खेत, भेरी, डडेलधुरा, गुल्मी, कास्की, स्याङजा लगायतका स्थानमा रहेका नदीको वरपर वसोवास गरिरहेका बासिन्दालाई सर्तकता अपनाउन समेत आग्रह गरेको छ।

मौसमविद् बरुण पौड्यालका अनुसार केही दिनदेखि भइरहेको वर्षा बुधबारबाट केही कमी हुने छ। पौड्याल भन्छन्, 'अहिलेको समय वर्षातको समय हो तर यस पटक वर्षा केही बढी सक्रिय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell