PahiloPost

Jun 15, 2025 | १ असार २०८२

अमेरिकामा नयाँ इतिहास, हिलारी बनिन् पहिलो राष्ट्रपति उम्मेदवार



पहिलोपोस्ट

अमेरिकामा नयाँ इतिहास, हिलारी बनिन् पहिलो राष्ट्रपति उम्मेदवार

फिलाडेल्फिया : अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई अन्तत: उम्मेदवार घोषित गरेको छ।

पूर्व राष्ट्रपति विल क्लिन्टनकी पत्नी हिलारी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रत्यासी भएको यो पहिलो घटना हो। फिलाडाल्फियामा भएको डेमोक्रेटिक कन्भेन्सनले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै अमेरिकामा पहिलो महिला राष्ट्रपति हुने सम्भावनाको ढोका खोलेको छ। डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारीसँगै सिनेटर वर्नी सेन्डर्सले कडा प्रतिस्पर्धा गरेका थिए।

अब हिलारीको रिपब्लिकन उम्मेदवार रोनाल्ड ट्रम्पसँग आगामी अमेरिकी राष्ट्रपतिका लागि भिडन्त हुनेछ। पार्टीबाट चयन हुनका लागि हिलारीले २३८३ मत ल्याउनुपर्थ्यो। तर, माहोल उनको पक्षमा यसरी गयो कि उनले २८४२ मत ल्याउँदै सेन्डर्सलाई पराजित गरिन्। पराजयलगत्तै सेन्डर्सले हिलारीलाई भव्य स्वागत गर्दै उनलाई आगामी राष्ट्रपतिका रुपमा प्रक्षेपण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell