PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पहिरोले कपास उद्योग पुरिँदा एक जनाको मृत्यु, ६ जना घाइते



पहिलोपोस्ट

पहिरोले कपास उद्योग पुरिँदा एक जनाको मृत्यु, ६ जना घाइते

फलेवास (पर्वत) : वर्षासँगै भीरबाट झरेको पहिरोले गएराति माझफाँट–३ को कपास उद्योग पुरिँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
 
पहिरोले कालीपुलको पक्की मोटरेवलपुल नजिकैको धौलागिरी कपास उद्योग पुरिएको थियो। सो क्रममा गम्भीर घाइते भएकी ११ वर्षीया अंकिता तामाङलाई उपचार क्रममा पोखरा लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते भएकाहरुमा नुवाकोट धोडेनी नगरपालिका विदुर १० की १६ वर्षीया सुस्मिता तामाङ, सोही स्थानकी ३२ वर्षीया फुलमाया तामाङ, देउराली २ का २० वर्षीय प्रेम तामाङ, देउराली २ का ३५ वर्षीय सुवास थापा, देउराली २ की १२ वर्षकी सृष्टि घले र अजय तामाङ रहेका पर्वत बेनीका प्रहरी जवान होमबहादुर थापाले जानकारी दिए। (फोटो : म्याग्दी अनलाइन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell