PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ जारी



पहिलोपोस्ट

सर्वोच्चमा प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ जारी

काठमाडौं : व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुमाथिको सुनुवाइ सुरु भएको छ।
 
समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित भएकामध्ये दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची तोकिएको छ।
 
सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सात जना न्यायाधीश र चार जना वरिष्ठ अधिवक्ताको नाम न्यायपरिषद्ले प्रस्ताव गरेको छ। न्याय परिषद्ले प्रस्ताव गरेर सिफारिस गरेका तिनै व्यक्तिहरुमाथि सुनुवाइ भइरहेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell