PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

प्युठानमा पहिरोका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, २४ जना अझै बेपत्ता



पहिलोपोस्ट

प्युठानमा पहिरोका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, २४ जना अझै बेपत्ता

  • सिटी पोख्रेल 
प्युठान : सोमबारदेखिको लगातार परेको वर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्राको मृत्यु भएको छ।

पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दु, नरबहादुर बुढाथोकी (जागेश्वर) र उनकी श्रीमती तिमा रहेका छन्। पहिरोबाट नारायण केसीकी श्रीमती नानीमैया र भीमसेन पुनलाई सकुशल उद्धार गरिएको छ।
 
योसँगै जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ। २४ जना अझै बेपत्ता छन्।
 
यसैबीच, प्युठानमा गएको बाढी तथा पहिरोबाट पीडितलाई राहत तथा उद्धारका लागि गठित समितिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्री र गृहमन्त्रीलाई भेटी उद्धार तथा राहत प्रभावकारी बनाउन माग गरेको छ। समितिमा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल तथा सांसदहरु छन्। रासस
फोटो : अनलाइन प्युठान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell