
चेन्नई : रजनिकान्तको एक्सन ड्रामा कवाली मंगलबारबाट २ सय करोड क्लबमा प्रवेश गरेको छ। वर्ल्डवाइड कलेक्सनबाट २ सय करोड पूरा गरेपछि सुपर स्टारले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन्।
'यो सबैभन्दा छिटो २ सय करोड कमाउने दक्षिण भारतीय फिल्म बनेको छ। फिल्मले ५ दिनमा नै यति कमाइ रहेको हो। मंगलबारसमेतको कमाइ जोड्दा फिल्मले २ सय ५ करोड कलेक्सन गरेको छ,' ट्रेड एनलिस्ट त्रिनाथले भने।
ओपनिङ विकेन्डमा भारतमा मात्रै फिल्मले सय करोड कलेक्सन गरेको थियो।
पा रञ्जितले निर्देशन गरेको कवालीले ग्याङस्टरको कथा भन्छ।