PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

स्थानीय तहको सीमा निर्धारण टुंग्याएर चैतमा निर्वाचन गर्न कांग्रेस-माओवादी सहमत



पहिलोपोस्ट

स्थानीय तहको सीमा निर्धारण टुंग्याएर चैतमा निर्वाचन गर्न कांग्रेस-माओवादी सहमत

काठमाडौं : सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको बैठकले स्थानीय निकायको निर्वाचन चैतको दोस्रो सातासम्म गर्नेगरी राजनीतिक सहमति गरेका छन्।

यी दुई दल स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ वटा स्थानीय तह (गाउँपालिका-नगरपालिका) को वितरण वैज्ञानिक र व्यावहारिक नभएको ठहर गर्दै यसलाई पहिले टुंगो लगाएर स्थानीय निर्वाचन गर्नुपर्नेमा समेत सहमत देखिएका हुन्। जसका लागि मधेसी मोर्चा, नेकपा एमाले तथा आयोगसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए।

'चैतको दोस्रो सातासम्ममा स्थानीय निकायको निर्वाचन गर्ने राजनीतिक सहमति भइसकेको छ,' निधिले भने, 'त्यसअघि नै स्थानीय तहको पुनर्संरचनाको विषय टुंगो लगाएर अगाडि बढ्न आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell