PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

ओरियनको डिजाइनमा १८ मोडलले गर्दैछन् एकसाथ क्याटवाक



पहिलोपोस्ट

ओरियनको डिजाइनमा १८ मोडलले गर्दैछन् एकसाथ क्याटवाक

काठमाडौं : ओरियन बुटिकले ‘द ओरियन फेसन शो-२०१६’ आयोजना गर्ने भएको छ।
 
ओरियनले नेपाली नयाँ-पुराना मोडलहरुलाई प्रतिभा प्रस्तुतिको अवसर दिनका लागि फेशन शो आयोजना गर्न लागेको हो।
 
भदौ १० गते आर्मी अफिसर्स क्लबमा हुने फेसन शोमा १८ व्यावसायिक मोडलहरु ओरियन बुटिकको डिजाइनमा देखिनेछन्। शोबाट उठेको रकम भने सामाजिक कार्यको लागि उपयोग गरिने आयोजकले जनाएको छ। डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई संकलित रकम सहयोग स्वरुप हस्तान्तरण गर्ने आयोजक संस्थाकी निलम शाही ठकुरीले बताइन्।
 
फेसन शोमा नायिकाहरु अशिष्मा नकर्मी, श्वेता खड्का, नीता ढुंगाना र मोडल सम्पदा बानियाँ लगायतले क्याटवाक गर्नेछन्। शो कोरियोग्राफ अश्विनी झाको रहनेछ। जसमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर-किशोरी, बेबी लाइफ होममा आश्रित एचआइभी पीडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell