PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

अक्षय र हृतीकबीच १२ जुलाईमा भिडन्त



पहिलोपोस्ट

अक्षय र हृतीकबीच १२ जुलाईमा भिडन्त

जुलाई दुई स्टार सलमान खान र रजनिकान्तका फिल्मका कारण चर्चित रह्यो। बलिउडका दुई स्टारको बक्स अफिस प्रतिस्पर्धा हेर्न लायक थियो। अब अगस्ट महिनामा पनि यस्तै घम्साघम्सी देख्न पाइनेछ।

हृतीक रोशनको मोहनजो दडो र अक्षय कुमारको रुस्तम अगस्ट १२ मा भिड्ने तयारीमा जुटेका छन्। यी दुवै फिल्म ठूला नामका कारण सबैबीच चर्चामा छन्।

चर्चित निर्देशक आशुतोष गोवारिकरले मोहनजो दडोको निर्देशन गरेका छन् जसमा पुजा हेग्डेको डेब्यु हुँदैछ। त्यस्तै रुस्तममा इलियान डि क्रुज हिरोइनका रुपमा देखिनेछिन्। ६० को दशकमा भएको नानाभाती हत्याकाण्डमा आधारित छ अक्षयको रुस्तम।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell