PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

११ फोटोमा लोकमानको शक्ति प्रदर्शन : स्कुले बालबालिकादेखि वृद्धसम्म ल्याइए

११ फोटोमा लोकमानको शक्ति प्रदर्शन : स्कुले बालबालिकादेखि वृद्धसम्म ल्याइए

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की संसदीय समितिले डाक्दा 'घाटी दुखेका'ले अनुपस्थित रहे। संसदीय समितिले डाकेको भोलिपल्ट भने कार्कीले रङ्गशालाबाट शक्ति प्रदर्शन गरेका छन्।

शक्ति प्रदर्शनमा लोकमान उपस्थित थिएनन् तर ल्याइएका थिए - बालबालिकादेखि वृद्धसम्म। उनीहरुले प्ले कार्ड बोकेका थिए जसमा अख्तियारलाई काम गर्न दिनुपर्ने, भ्रष्टाचारविरोधी नारा र लोकमान सिंहलाई समर्थन। खेलकुद अधिकार संरक्षण संघर्ष समितिले बालबालिकालाई समेत प्रदर्शनमा उतारेको थियो।

रङ्गशालाबाट निस्किएको जुलसपछि डाक्टर गोविन्द केसीविरुद्ध उत्रेको डाक्टर भोला रिजाल नेतृत्वको जुलससँग मिलेको थियो। हेर्नुस लोकमानको शक्ति प्रदर्शन

 


ट्रेन्डिङ पोस्ट

Ncell