PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​मेरो राजीनामाले कहाँ कहाँ खुसियाली भयो थाहा छ : प्रम ओली

​मेरो राजीनामाले कहाँ कहाँ खुसियाली भयो थाहा छ : प्रम ओली

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा कहाँकहाँ खुसियाली भयो भन्नेमा आफू जानकार रहेको बताएका छन्।

संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाले खुसी हुनेहरुको नियत नियालिरहेको समेत बताए।

संसदमा अविस्वासको मतमा ठूलो अन्तरालले पराजित हुने अवस्था आएपछि ओलीले संसदलाई सम्बोधन गर्दै गत आइतबार राजीनामा गरेका थिए। सम्बोधनपूर्व राष्ट्रपतिलाई राजीनामा बुझाएका उनले संसदमा सम्बोधन गर्दै राजीनामाबारे जानकारी गराएका थिए।

'म राजीनामा दिएर बसेको प्रधानमन्त्री अर्को प्रधानमन्त्री को आउँछ हेरिरहेको छु,' प्रधानमन्त्री ओलीले मुहारमा सामान्य भावसँगै भने,  'मेरो राजीनामा नेपालमा वा बाहिर कहाँ बढी खुसी छायो प्रस्ट छ। खुसी मनाउन पाइन्छ। तर, त्यो खुसीभित्र नेपालको अनिष्ट लुकेको छ भनेर भ्रम नपाले हुन्छ। नेपाल एकतावद्ध भएर समृद्धिको बाटोमा अघि बढ्छ।'

प्रधानमन्त्री ओलीले छिमेकी भारतलाई संकेत गर्दै कहिलेकाही छिमेकीले पनि सानो देश भनेर सानै व्यवहार गर्ने गरेको आरोप लगाए। 'तर देश सानो छैन संस्कृति र इतिहासमा सबैभन्दा ठूलो छ,' ओलीले भने।


ट्रेन्डिङ पोस्ट

Ncell