काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण गरेको छ।
बुधवार राजधानीमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो। राष्ट्रिय पुरस्कारबाट ४ जना पुरस्कृत भएका छन्। परस्कृत हुनेले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै विभिन्न ४ विधामा २० जनालाई क्षेत्रीय पुरस्कार दिइएको छ। क्षेत्रीय पुरस्कारबाट पुरस्कृत हुनेले सम्मान पत्रसहित जनही ५० लाख रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै यस वर्षबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको छ। तीन विधामा तीन जनाले उक्त पुरस्कार पाएका छन्।
राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेहरु
- प्राडा कृष्णबहादुर थापा (संस्कृति विधातर्फ)
- विष्णुभक्त फुयाल (संगीत तथा नाट्य विधा)
- आजितकुमार साह (ललितकला विधा)
- सरोज ओली(भाषा तथा साहित्य विधा)
क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानितहरु
- डा. देवी दुलाल
- डा. गोपालभक्त धोवञ्जा
- डा. राजकुमार राई
- डा. खगेन्द्र घोडासैनी
- कृष्ण शाह यात्री
- गीता थापा
- रामभक्त जोजिजु
- विष्णुबहादुर थापा
- शंकर सिंह विष्ट
- अनुराधा थापा
- सुरेन्द्र प्रधान
- मन गोल्डी
- सागर शाह
- भोजबहादुर ऐर
- चतुर्भुजलाल दास केरवत
- रेवतीरमण लाल दास
- सन्तु श्रेष्ठ
- पृथ्वीबहादुर सिंह
- रामलाल जोशी
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार पाउनेहरु
- स्वर्गीय पदमसिंह विश्वकर्मा
- पदम सुन्दास
- मोदनाथ प्रश्रित पौडेल