PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नक्कली लालपूर्जा देखाई ठगी गर्ने केसी पक्राउ



पहिलोपोस्ट

नक्कली लालपूर्जा देखाई ठगी गर्ने केसी पक्राउ

काठमाडौं : ललितुपर इमाडोल गाविस-९ बस्ने राजनकुमार केसीले अनिता बुढाथोकीलाई आफूले कोटेश्वरस्थित कित्ता नम्बर १९४ को ३ रोपनी जग्गा किनेको बताए। उनले जग्गाको नक्कली कागजाग समेत देखाएर प्रतिआना १५ लाखका दरले बैना गरेको र पैसाको अभाव भएको सुनाए। जग्गामा साझेदारी गर्न आग्रह गरे। अनिताले पनि राम्रै फाइदा हुने आशमा उनलाई १२ लाख रुपैयाँ दिइन्।
 
त्यसको केही समयपछि केसीले अनितालाई १५ लाखको चेकमार्फत पैसा फिर्ता दिए।
 
अनिताले चेक साट्न खोज्दा बैंकमा पैसा नभएको थाहा पाइन्। त्यसपछि उनले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिइन्।
 
यही विषय काठमाडौं जिल्ला अदालतसम्म पुग्यो। अदालगतले गत माघ महिनाको ३ गते ठगी गर्ने निज केसीलाई ६ महिना कैद र १२ लाख जरिवाना सुनायो। तर उनी फैसला भएको दिनदेखि नै फरार थिए।
 
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुरमा पक्राउ गरेको हो। प्रहरीले फैसला कार्यन्वयनको लागि केसीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell