PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ट्युव लाइटमा सलमानको चिनिया युवतीसँग रोमान्स!



पहिलोपोस्ट

ट्युव लाइटमा सलमानको चिनिया युवतीसँग रोमान्स!

बजरंगी भाइजान र एक था टाइगरको सफलतापछि बलिउड स्टार सलमान खान र निर्देशक कविर खान फेरि नयाँ फिल्म ट्युव लाइटमा संगै आउने भएका छन्। बजरंगी भाइजानमा सलमान खानलाई फरक रुपमा प्रस्तुत गर्न सफल निर्देशकले फेरि उनलाई कसरी प्रस्तुत गर्लान त?

फिल्ममा सलमान खान विशेष व्यक्तिका रुपमा रहनेछन्। उनलाई सबैले माया गरेर ट्युवलाइट भन्छन्। कुनै पनि कुरा साह्रै सुस्त गतिमा बुझ्ने भएको पात्रका रुपमा उनी फिल्ममा देखिनेछन्। बालापन भएको युवकको भूमिकामा सलमान देखिन लागेका हुन् जसलाई चुनौतिपूर्ण मानिएको छ।

रोचक के छ भने फिल्मले सन् १९६०-६२ को पिरियडलाई प्रतिनिधित्व गर्दैछ। फिल्ममा क्रस बोर्डर प्रेम कथा जोडिनेछ। इन्डो-सिनो युद्धको पृष्ठभूमिमा कथा तयार भएको छ। अर्थात् यसपाला पाकिस्तानी होइन चिनियाँ युवतीसँग सलमानको रोमान्स हेर्न पाइनेछ।

फिल्मको सुटिङ यसै साताबाट लदाकमा सुरु हुँदैछ। दीपिका पादुकोण सलमानको अपोजिटमा रहने बताइए पनि अहिलेसम्म हिरोइन को हुने औपचारिक जानकारी गराइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell