PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​प्रचण्डको तीतो स्वीकारोक्ति: काम गर्न सकेनौं, युद्धबाट आयौं शान्ति बुझ्न समय लाग्यो



पहिलोपोस्ट

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्।
 
नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने – “गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो। म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो।”
 
निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell