PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन



पहिलोपोस्ट

उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशैभरि आएको मनसुनी भीषण वर्षा र बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र उद्धार राहतका लागि सरकारको ध्यानकर्षण गरेका छन्।
 
बाढी-पहिरोमा परेका व्यक्तिहरूको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न उनले पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन्। एक सन्देश जारी गर्दै प्रचण्डले प्राकृतिक विपत्तिका कारण मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदन व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell