PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

वीरगन्जका उद्योगी मोहित घलान लागुऔषध कारोबारको आशंकामा पक्राउ



पहिलोपोस्ट

वीरगन्ज : नेपाल प्रहरीको मातहतमा रहेको लागुऔषध अनुसन्धान ब्युरो काठमाडौंको टोलीले बाराबाट एक उद्योगीलाई पक्राउ गरेको छ।
 
प्रहरीले बारा गढीमाई नगरपालिका जितपुरमा रहेको आर्या फर्मास्युटिकल्स प्रालिका सञ्चालक शंकर घलानका छोरा मोहितलाई पक्राउ गरेको हो। घलान वीरगन्जका उद्योगी हुन्। उनलाई जितपुरको गढीमाई मन्दिर नजिकै रहेको उनको उद्योगबाट ब्युरोको टोलीले पक्राउ गरी काठमाडौं लगेको बारा प्रहरीले जनाएको छ।
 
अवैध लागुऔषध कारोबारमा संलग्नताको अशंकाका प्रहरीले हिरासतमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell