
काठमाडौं : नेपाल बैंक लिमिटेडमा विभिन्न तहका लागि जागिर खुलेको छ। आज एक विज्ञापन प्रकाशित गर्दै बैंकले चौंथो, पाँचौं, छैटौं र सातौं तहका लागि जागिर खुलाएको हो।
चौथो तह (सहायक) का लागि ६३ जना, पाँचौं (वरिष्ठ सहायक) का लागि ११, छैटौं (सहायक प्रबन्धक) का लागि ६ र सातौं (उपप्रबन्धक) का लागि १ जनाको कोटा तोकिएको छ।
स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण गर्नेहरुले योग्यताअनुसारको विज्ञापनमा दरखास्त दिन सक्नेछन्। आजदेखि १५ दिनसम्ममा आवेदन दिन सकिने सूचनामा जनाइएको छ।