_-_Copy.jpg)
- अमर बडुवाल -
(1).jpg)
साना सवारी साधनप्रतिको यो आम धारणा हो। तर यो बाहेक पनि साना सवारी साधन चलाउँदा मुलुकले धेरै पेट्रोलियम पदार्थ खपत गरिरहेको छ जसले उर्जाका लागि थप रकम विदेशिएको छ। २०६३ सालमा वैज्ञानिक भाडादर कार्यान्वयनमा ल्याउनुअघि अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङ क्याम्पस मेकानिकल विभागका प्रध्यापक रामचन्द्र सापकोटाका अनुसार साना गाडीले कम यात्रु बोक्ने र इन्धनको खपत बढी हुँदा मुलुकबाट पेट्रोलियम पदार्थका लागि ठूलो रकम बाहिरिएको छ ।
 - Copy.jpg)
उनका अनुसार काठमाडौं उपत्यकाको चक्रपथ वरपर पूरानो बसपार्क देखि जान आउन बढीमा २० किलोमिटरको दूरी पर्छ। यो दुरीमा एक पटक गाडी ओहोर/दोहोर गर्दा माइक्रोबसलार्इ चार लिटर तेल आवश्यक पर्छ।

माइक्रोबसले एक पल्टमा २० जना यात्रु ओसार्ने क्षमता हुन्छ। सापकोटाका अनुसार त्यही दूरीमा ७० यात्रु ओसार्ने बसले पाँच लिटर मात्रै तेल खपत गर्छ। यो आधारमा ठूला बसले आर्थिक रुपमा पनि मुलुकलार्इ फाइदा पुर्याउँछ। उपत्यका र आसपासमा चल्ने २० हजार सवारी साधन मध्ये १० हजार सवारी साधन २० सिट भन्दा कम क्षमताका छन्। बाँकी सवारी साधन ३५ देखि ४० सिट क्षमताका छन्।
साझा यातायातका केही बस भने ५४ सिट क्षमता सम्मका छन्। कीर्तिपुर बाट पूरानो बसपार्क हुँदै कीर्तिपुर पुग्न सानो गाडीले १५/२० यात्रु बोक्न ४ लिटर तेल खान्छ भने ठूलो गाडीले ३५/४० यात्रु बोक्न ५ लिटर तेल खान्छ। यसरी २० किलोमिटरको बाटोमा झण्डै दोब्बर यात्रु बोक्न जम्मा १ लिटर तेलमात्रै बढी खर्च हुन्छ।
गाडीको सिट क्षमता | एक पटकमा लाग्ने तेल | एक दिनमा गर्ने यात्रा | जम्मा लाग्ने तेल | घटिमा बोक्न सक्ने यात्रु संख्या |
१५/२० | ४ लीटर | ५ पटक | २० लिटर | १०० जना |
३५/४० | ५ लीटर | ५ पटक | २५ लिटर | २०० जना |
एक पटक ओहोर दोहोर गर्दा ट्राफिक जाममा खेर जाने इन्धन र समय
जाम हुँदा लाग्ने तेल | जाम नहुँदा लाग्ने तेल | खेर गएको इन्धन | जाममा लाग्ने समय | जाम नहुँदा लाग्ने समय | खेर जाने समय |
५ लिटर | ४ लिटर | १ लिटर | ३ घण्टा | १ घण्टा ३० मिनेछ | १ घण्टा ३० मिनेट |
दैनिक २० हजार सवारीसाधनले ५ पटक मात्रै यात्रा गर्दा पनि प्रत्येक पल्ट १ लिटर तेल खेर जादा १ लाख लिटर तेल दिनहु ट्राफिक जाममा खेर गैरहेको छ ।
पुरानो बसपार्क बाट १० किलोमिटर दुरीमा पर्ने मुख्य ठाउँहरु
ठाउँ | सतुङगल | बौद्ध | बुढनिलकण्ठ | किर्तिपूर | पेप्सीकोला | हात्तिवन |
दुरी | ९.१ | ७.५ | ९.५ | ९.३ | ७.८ | ८.८ |
ठाउँ | कौशलटार | टोखा | चोभार | कपन | धापासी | रामकोट |
दुरी | ९.१ | ८.५ | ७.६ | ६.५ | ६.४ | ७.८ |
यातायात व्यवस्था कार्यालयको तथ्यांक हेर्ने हो भने बाग्मती अञ्चलमा २ लाख २० हजार चार पांग्रे र सो भन्दा ठूला सवारी साधन छन् भने ७ लाख भन्दा बढी मोटरसाइकलहरु पनि छन् ।

प्राध्यापक सापकोटा राजधानीको सार्वजनिक यातायातको समस्या कम गर्न तीन कुरामा ध्यान दिन जरुरी ठान्छन। एक, ठूला यातायातका साधन थप्नु पर्छ। बाटोको स्तर उन्नती गर्दै साना यातायतका साधन लाई विस्तारै हटाउनुपर्छ। ट्राफिक ब्यवस्थापन प्रभावकारी बनाउँदै ईलोक्ट्रोनिक सवारी साधनलाई बढावा दिन सकेमा मुलुकले समेत फाइदा पाउँछ।