PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

डाक्टर भोला रिजालले गरेको फोहर मिलनले सोहोरे

डाक्टर भोला रिजालले गरेको फोहर मिलनले सोहोरे

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थनमा बृहत् र्‍याली आयोजना भयो- माइतीघर मण्डलाबाट। केसीका मागमाथि सरकारले सहमति पनि गर्‍यो। उनको अनशन तोडियो।

अनशन समाप्त भएपछि केसीको विरोध गर्नेहरुले अर्को ‍र्‍यालीको आयोजना गरे।

ओम अस्पतालका प्रमुख तथा निजी मेडिकल कलेजका प्रवर्द्धक डाक्टर भोला रिजाल र्‍यालीको नेतृत्वमा देखा परे। गोविन्द केसीविरुद्ध विष वमन गर्दै उनले निकालेको जुलुसका सहभागीले प्ले कार्ड देखाए, जसमा चिकित्सा अध्ययनलाई निजी क्षेत्रले चाहेअनुसार गर्न पाउनुपर्ने मागहरु लेखिएका थिए। 

(हेर्नुस् डाक्टर गोविन्द केसीविरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप)


गीतकारसमेत रहेका रिजालको नेतृत्वमा उतारिएका केसी विरोधीहरु कसैले सुल्टो त कसैले उल्टै प्ले कार्ड बोकेका थिए। त्यतिमात्र होइन उनीहरुले ल्याएका प्ले कार्ड फिर्ता भने लगेनन्। सडकमै मिल्काएर गए।

रिजालले आफ्नो रौद्र रुप देखाउँदै आरोपहरु पनि लगाएका थिए त्यहाँ।

डाक्टर रिजालले ल्याएका मानिसहरुले मिल्काएका प्लेकार्ड सडकमा अलपत्र परे। पानी पर्‍यो र त्यसले थप सडक घीनलाग्दो बनायो। मागहरु राखिएको प्ले कार्ड कुरुप बनेर फोहरमा रुपान्तरित भयो।

यो सबै देखेका मिलन राईलाई असह्य भयो। सबैको माग राख्न पाउने अधिकारको सम्मान गर्ने उनी आफैं डाक्टर रिजालले सहरमा गरेको फोहर सफा गर्न उत्रिए। फेसबुकमा रिजाललाई गाली गर्नमा शब्द खर्चेनन् उनले।

उनले आफू डाक्टर रिजालले गरेको फोहर उठाउन जाने कुरा फेसबुकमै लेखे। त्यसैअनुसार गए। प्ले कार्डहरु भेला पारे। प्लास्टिकहरु बटुले। बोतलहरु एकएक गर्दै टिपे।

त्यसो त उनी भोला रिजालले सराप्ने गरेको गोविन्द केसीको पक्षमा उभिँदै आएका युवा हुन्। उनले केसीलाई समर्थन गरिरहँदा त्यस्ता शब्द प्रयोगसमेत भएको भेटेनन्, जुन डाक्टर रिजालले ल्याएको जुलुसले बोकेको प्ले कार्डमा उल्लेख थिए।  

मिलनले सोहरेको फोहर भोला रिजालविरुद्धको अभियान भने होइन। भन्छन्, 'म कसैलाई व्यक्तिगत रुपमा दोषारोपण गर्दिन। म चेतना फेलाउन मात्र चाहन्छु र मैले सकेको गरेँको हो।'

उनको कदम सामाजिक सञ्जालमा यतिखेर भाइरल बनिरहेको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell