PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

जनताले कम्युनिस्टको नेतृत्व खोजेका छन् : प्रचण्ड



पहिलोपोस्ट

जनताले कम्युनिस्टको नेतृत्व खोजेका छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले नै सरकारको नेतृत्व कम्युनिस्ट पार्टीको होस् भन्ने चाहना राखेको दावी गरेका छन्।

बिहीबार काठमाडौंमा माओवादी विद्यार्थी संगठनको राष्ट्रिय एकता भेलामा बोल्दै उनले यस्तो दावी गरेका हुन्। अध्यक्ष दाहालले भने, 'देशमा जे जति अफ्ट्याराहरु छन् त्यसको समधानमा माओवादी आन्दोलन र कम्युनिस्टहरुको नेतृत्वको भूमिका अहम् छ। त्यसको नेतृत्व यिनैले नै लिने हुन् भन्ने जनताको धारण छ।'

त्यस्तै अध्यक्ष दाहालले माओवादी पहिचान स्थापना नभएसम्म कुनै पनि उत्पीडित जाति, क्षेत्र, समुदायको पहिचान स्थापना गर्न नसक्ने समेत दावी गरे। आफ्नो सरकारको नेतृत्वमा संविधान कार्यन्वयन, आन्दोलनरत मधेसको समस्या समधान, भूकम्पपछिको पुर्ननिर्माण लगायत जिम्मेवारी रहेकाले विद्यार्थी संगठनहरुसँग सहयोगका लागि आग्रह गरे।

त्यस्तै उनले विद्यार्थी संगठनको नयाँ नेतृत्व विकास छिटोछिटो नभए समयमा नै उत्पन्न हुने समेत बताए। पार्टी एकता भएसँगै रामबहादुर थापा बादल, मात्रिका यादव, मणि थापा लगायतले नेतृत्व गरेका विद्यार्थी संगठनबीच एकता गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell